Flash

सागर थापा,२० कार्तिक २०७५
जिल्ला प्रशासन कार्यालय दाङमा जिल्लाको प्रमुख प्रशासकिय निकाय हो । जिल्लामा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ सस्थाको काम कार्वाहीको अनुगमन तथा मुल्यकन गर्नुका साथै शान्ति सुरक्षा कायम गर्न पनि जिल्ला प्रशासन कार्यालयले महत्वोपुर्ण भुमिका खेलेको हुन्छ नागरिकको आधारिक विवरणको रेकर्ड राखी नागरिकता प्रमाणपत्र तथा राहदानी वितरण गर्नु जिल्ला प्रशासन कार्यालयको अर्को भुमिका काम हो यदि प्रशासन को काम नै फितलो भइदियो भने समग्र जिल्लाको प्रशासनिक काम नै फितलो भइदिन्छ । जिल्ला प्रशासन कार्यालय दाङमा पुगेका सेवाग्राहीले प्रशासनले आफ्नो मान्छेको काम छिटोछरितो गरीदिने र अरु सेवाग्राहीको काम छिटोछरितो नहुने गरेको गुनासो गरेका छन् । मसिना निवासी माया पुनले आफुले छिटोछरितो सेवाको अपेक्षा गरेको भए पनि त्योसो न भएको बताए । यस्तै करिब ८ दिन देखि नागरिकता बनाउनका लागि दाङका २९ बर्षका हुकुम घर्ती धाइरहेका छन् उनको आमाको नागरिकता नभएको कारण उनी दिनो जसो जिल्ला प्रशासन दाङमा धाउने गरेको बताए । यतिका दिनसम्म पनि काम नभए पछी सोझा साझा भनेर हेपेको त होलान् उनले भने भने हामी नागरिकताको लागि डुलेको ७ दिन भइसकेयो हामीलाई बिश्वास नै गर्दैनन सबै प्रमाण जुटाउदा पनि सोझो भनेर त होला उनले भने खै के मिलेन आमाको पहिले देखि नै नागरिकता थिएन त्यही बनाउन भनेर आको हो कहिले कहाँ जाउ भन्छन् कहिले कहाँ जाउ नागरिता बनाउन १० दिन लाउछ्न भने अरु काम झन के होला यता जिल्ला प्रशासन कार्यालय दाङले भने प्रशासनको काम कुनै पनि काम ढिलो नभएको गरेको छ प्रक्रिया पुरा गर्नुपर्ने भएको कारण मात्र ढिलो हुने गरेको र आमाको नाम बाट नागरिकता दिने कानुन नभएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए नागरिकताको सवालमा यो असम्भव छ उनलेे भने जो अगाडि आउँछ उसको अगाडि पालो आउँछ पछाडी आउने को पछी नै हुन्छ केही प्रतिक्रिया नमिले काम काम रोकिने गरेको आचार्यले बताए उहाँ हरु विभिन्न ठाँउहरुबाट बसाई सरेर आएकोले हामीले विभिन्न जिल्लाहरुको प्रशासनमा पत्र पठाइ बुझ्ने उताबाट जवाफ आएको छैन त्यसले गर्दा काम ढिलो भएको हो प्रशासनमा कहिले पनि कसैको यसरी गुनासो न आएको निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यले दाबी गरे

Published date : 2018-11-06

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com