Flash

सागर थापा
दाङ १९ कार्तिक
चाडपर्वको समयमा घरायसी प्रयोजनका लागि नेपालगंन्ज रुपैडिहा भन्सारमा कडाई हुँदा सर्वसाधारणहरुले शास्ति भोग्नुपरेको छ । तिहारका लागि घरायसी प्रयोजनका लागि रुपैडिहा बजारमा केहि सामानहरु किनमेल गरी नेपाल फर्कन लाग्दा चेक जाँचमा कडाई देख्दा दाङ बाट सामान किनमेल गर्न गएकि सिता देवी शर्मा अचम्भित हुनुभयो । प्रायसः दशै तिहारका बेला अत्यावस्यक खाद्यान्न लगाएत मरमसलाहरु किन्न रुपैडिहा बजार पुग्ने शर्माले जम्मा जम्मि ७ सय रुपैयाँको सामनमा समेत भन्सार गर्न लगाएको बताउनुभयो । “हामी दैनिक आउने होइन बर्षमा एक दुई पटक आउँदा एहाँको रवैया देख्दा दुःख लगेर आयो, साह्रै कडा रैछ भन्सार” शर्माले दुःखेसो पोख्निुभयो । सिता देवी मात्र होइन प्युवान बाट किनमेल गर्न जानुभएका प्रमोद कर्माचार्यले पनि पाँच सय रुपैयाँको सामान किनेर नेपाल छिर्दा भन्सार तिर्नुपर्यो ।
करोडौको कारोबार हुने नेपालगंजको भन्सारमा सर्वसाधारणहरुले सामान्य घरायसी प्रयोजनका लागि समेत यो वा त्यो बहानामा दुःख दिएको मा स्थानीयहरुले आक्रोस पोखेका छन् । तुलनात्मक रुपमा केही सामानहरु नेपालमा भन्दा भारतीय बजारहरुमा सामानहरु सस्तो पाईने हुँदा नेपालीहरु भारतिय समिावर्ति बजारमा किनमेलका लागी जाने गर्दछन् । भन्सारमा सामान्यतया एक सय रुपैयाँ भन्दा बढिको सामान खरिद गर्दा भन्सार तिर्नुपर्छ । जनगुनासो पनि बढेको र ऐन बमोजिम काम कार्वाहि पनि गर्नुपर्ने बाध्यता रहेको सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गणका सशस्त्र प्रहरी का डिएसपि निरंकार नाथ शुक्लाले बताउनुभयो । बर्षै पहिले बनेको यो नियमले अहिले व्यवहारीक रुपमा लागू गर्न कठिनाई हुने नेपालगंजका पत्रकार अभिनव गुप्ता बताउनुहुन्छ ।
ब्यबहारीकता पनि हेर्नुपर्ने गुप्ताले बताउनुभयो ।

Published date : 2018-11-05

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com