Flash

कार्तिक ५, २०७५ कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लागको अनिश्चितकालिन कर्फ्यु बिहान् ८ बजेदेखि ४ घण्टाका लागि हटेको छ ।दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच पटकपटक झडप भएपछि जिल्ला प्रशाषन कार्यलयले आइतबार ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।सोमबार स्थिती सामान्य बन्न थालेपछि बिहान ८ बजेदेखि मध्यान्न १२ बजेसम्मका लागि कर्फ्यु स्थगन गरिएको ईलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश आर्यालले बताए । उनले अवस्था हेरेर पुनः कर्फ्यु लगाउन सकिने बताए । उनले कर्फ्यु मात्रै समस्याको समाधान नभएकाले कर्फ्युको समय छोटो पारिएको बताए ।दुर्गा भवानीको मुर्ति सेलाउने विषयमा शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो ।

विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।जिल्ला प्रशाषन कार्यालयले आइतबार आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रमा कर्फ्यु लगाएको थियो ।

Published date : 2018-10-22

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com