Flash

सागर थापा
३ कात्तिक, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले काठमाडौं–३, रानीबारीमा १८ वर्षीय बालक जीवन लोहनीको हत्या गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाग्लुङ देविस्थान–२ का ३७ वर्षीय हिक्मत हमाल छन् । यसअघि हमालसहित हरि गिरी, प्रकाश हमाल लगायतको समूहले मादक पदार्थ सेवन गरेर बालक लोहनीको हत्या गरेका थिए ।

हत्यामा संलग्न हरि र प्रकाश यसअघि नै पक्राउ परिसकेका छन् । घटनामा संलग्न दुई जना अझै फरार छन् ।

उनीहरुले खुकुरी प्रहार गरेर बालकको हत्या गरेका थिए । शनिबार सामाखुशीबाट पक्राउ परेका हमालमाथि थप अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

Published date : 2018-10-20

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com