Flash

३ कार्तिक २०७५,

चितवन । नारायणगढ मुग्लिन सडकको जलबिरेमा शुक्रबार बिहानपख साढे दुई बजे बस पल्टFदा तीनजनाको ज्यान गएको छ । अन्य २३ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस मुग्लिन नपुग्दै सात किलोमिटर वरको जलबिरेमा सडकबाट ६० मिटर तल खोल्सामा खसेको थियो।

जलबिरेमा दुर्घटना हुँदा मृत्यु भएका तीनजनाकै सनाखत भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार मृतकमध्ये एकजना झापा मेची नगरपालिका ८ का २५ वर्षीय हेमबहादुर राजवंशी र स्याङ्जा पुतलीबजार नगरपालिका ९ का ७५ वर्षीय तुलबहादुर थापा छन् ।

बिहान मृत्यु भएका बस चालक झापा मेची ८ कै ३५ वर्षका उदयमान राजवंशीको मात्रै सनाखत भएको थियो ।

Published date : 2018-10-20

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com