Flash

सागर थापा
घोराही, असोज २५ । अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन काम गरेको भन्दै दाङका प्रहरी प्रमुख एसपि कृष्णहरी शर्मा सम्मानीत हुनु भएको छ । प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ५ ले विहीवार तुलसिपुरमा ६३ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा अपराध अनुसन्धानमा आफ्नो क्षमता, दक्षता उत्कृष्टरुपमा प्रदर्शन गरेको भन्दै दाङका एसपि पोख्रेललाई सम्मान गरेको हो । सिआइविमा महत्वपुर्ण जिम्मेवारी लिएर अपराध अनुसन्धान गर्दै आउनु भएका पोख्रेलको केही महीना अगाडि मात्रै दाङ सरुवा भएको थियो । सिआइविमा रहदा अपराध अनुसन्धानमा पोख्त पोख्रेलले दाङमा पनि छोटो समयमा अपराध अनुसन्धानमा आफ्नो प्रभावकारी उपस्थिती देखाउदै आउनु भएको छ । सम्मानित हुनु भएका पोख्रेल तालिमका क्रममा काठमान्डौ भएपछि उहाको सम्मानपत्र सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का प्रहरी प्रमुख डिआइजि शेरबहादुर बस्नेतलेजिल्ला प्रहरी कार्यालय दाङका डिएसपि रामप्रशाद घर्तिलाई हस्तान्तरण गर्नु भएको थियो । एसपि पोख्रेल दाङ आएर सुरक्षा कमाण्ड सम्हाल लगत्तै सुसुप्त अवस्थामा रहेको गुन्डागर्दि रोकिएको छ भने साना हतियारको खोजि कार्यका लागि उहाले अप्रेसन नै चलाउनु भएको छ । पछिल्लो पटक अत्याधुनिक हतियार युएसए अटोमेटिकसहीत एक जना र रिभल्वर हतियारसहीत एक जनालाई पोख्रेलले चलाएको अप्रेसनवाट नै पक्राउ परेका हुन् । उनीहरुलाई अहिले हात हतियार सम्वन्धि मुद्दा दायर भइसकेको छ । पोख्रेलले सामाजिक सञ्जालवाट नक्कलि चेक वनाई चिट्ठा पर्यो भनेर ठगि गर्नेलाई पनि पक्राउ गरेर मुद्दा चलाइसक्नु भएको छ भने प्रहरीमा जागिर लगाइदिने भनेर ठगि गर्दै हिड्ने पुर्व हवल्दारलाई प्रहरीले नियन्त्रणमा छन् । सिआइविवाट सरुवा भई दाङ आएर सुरक्षा कमाण्ड सम्हालेको छोटो समयमा नै अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन गरेपछि प्रदेश प्रहरी कार्यालयले पोख्रेललाई सम्मान गरेका थियो ।

Published date : 2018-10-11

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com