Flash

अमर प्रहरीलाई श्रद्धाञ्जली
सागर थापा,२५ असोज २०७५
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले बिहीबार आयोजना गरेको ६३ औं प्रहरी दिवस समापन समारोहलाई सम्बोधन गर्दै संघीय संसदका सभामुख कृष्णबहादुर महराले द्वन्द्वका समयमा मारिएका सबै प्रहरीलाई सहिद घोषणा गर्नुपर्ने बताएका छन्।

हिजोको इतिहासमा बलिदान गरेका प्रहरी सबैलाई राज्यले सहित घोषणा गर्नुपर्ने उनको तर्क थियो ।

५. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेतको अध्यक्षता एबं सबिधान सभाका सभामुख कृष्ण बहादुर महाराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा द्धन्दकाल लगायत डिउटीमा रहेका बखत बिभिन्न घटनामा परी साहदत प्राप्त गरेका अमर प्रहरीहरु प्रति पुष्पगुच्छाका साथै हार्दिक श्रद्धाञ्जली अर्पण गरीएको थियो ।

प्रदेश प्रहरी परीसरमा अमर प्रहरी स्तम्भ निर्माण गरी प्रदेश भर साहदत प्राप्त गरेका १ प्रहरी उपरीक्षक, १० प्रहरी निरीक्षक, ९प्रहरी नायव निरीक्षक, १३ प्रहरी साहयक निरीक्षक, १ सय ७१ प्रहरी जवान र ४१ जना प्रहरी हवल्दारको नाम राखिएको छ । सो अबसरमा ५. नम्बर प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेतले नागरिकको बिश्वास जितेर सेवा दिन सके अमर प्रहरी प्रति सच्चा श्रद्धाञ्जली हुने बताए । राष्ट्रमा नेपाल प्रहरीको बिकल्प भन्दै उनले बि.सं २०३० मा लागु भएको प्रहरी ऐन अनुसार कुशलतापूर्वक काम गर्दै आएको नेपाल प्रहरीको उच्च मूल्याङकन जरुरी रहेको उनको भनाई छ ।

त्यसैगरी अमर प्रहरी परिवारहरुले अमर प्रहरीहरुलाई सहीद घोषणा गर्न राज्य संग माग गरिन । डिउटीमा रहेका बखत बिभिन्न घटनामा परी साहदत प्राप्त गरेका प्रहरीहरुलाई सलामी मात्र होइन, सच्चा न्याय दिलाउन सहिद घोषणा हुनुपर्छ भन्ने उहाँको माग छ । कार्यकममा प्रहरी नायव महानिरीक्षक सर्बेन्द्र खनालले दिएको शुभकामना वाचन गरिएको थियो । वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख रन्जन अवाले शुभकामना वाचन पढेर सुनाएका थिए । सो अबसरमा पूर्व प्रहरीहरुले अमर प्रहरी परीवारहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बिस २०१२ मा जारी भएको प्रहरी ऐनमा ब्यबस्था भए देखि नेपाल प्रहरीले प्रहरी दिवश देशभर मनाउदै आएको छ ।

Published date : 2018-10-11

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com