Flash

बासुदेब गिरी
प्युठान २४ असोज ।
हिन्दुहरुको महान चाडपर्व एकताको प्रतीक भएको प्युठानमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन। जिल्ला प्रशासन कार्यालय प्युठानद्धारा बुधवार आयोजित बडादशैँ, दीपावली एवं छठ पर्व–२०७५ को उपलक्ष्यमा सदरमुकाम खलगांमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली चाडपर्वले विभिन्न समुदायबीच आपसी भाइचारा र एकतामा बाँधेको बताए। देश विकासमा समेत सबै एकजुट भई अगाडि बढ्नुपर्नेमा उनिहरुको जोड थियो ।
प्रदेश सभाका संसद हरि रिजालले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । प्रदेश संसद कृष्ण ध्वज खड्काले सबै संकल्पका साथ लाग्ने हो भने देश समृद्धिको दिशा तर्फ जाने र देशमा हुने भष्टचार अनियमितता कुरितिको अन्त गर्न सके देशले बिकासमा फड्को मार्ने भन्दै एकताको सूत्रमा बाँध्ने हाम्रा चाडपर्वले देशमा सुख,शान्ति कायम गर्न सफल रहून् भनी शुभकामना दिए ।

कार्यक्रममा शुभकामना दिदै प्रदेश समानुपातिक संसद तारा जि सीले यो सरकाले जनताको जनचाहना अनुसार काम गर्न नसकेको औल्याउदै जनताको अपेक्षा अनुसार काम गर्ने प्रेरणा पैदा होस भनी शुभकामना ब्यक्त गरिन । त्यस्तै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चाडपर्व लाई लक्षित गरि बजार अनुगमनलाई तिब्रता दिएको सुनाए । पर्बको बेला गाउघरमा जाडरक्सी जुवातास खेल्ने शान्ति सुरक्षामा खलल गर्ने गतिविधि तिब्र गतिमा गाडी चलाउने मापसे गरेर ड्राइभ गर्ने प्रती कडा निग्रानी राख्न सुरक्षा निकाएलाइ परिचालन गरिएको बताए । यात्रुलाइ यात्रामा सहज होस भन्ने उदेश्यले ठाउँ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरि प्रबन्ध मिलएकोले सबैले ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरे । उनले भने चाडपर्व लाई धेरै भड्किलो महँगो नबनाउन भन्दै शुभकामना ब्यक्त गरेका छन । जिल्ला समन्वय समिती प्युठानको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले गरेका थिए भने स्वागत सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले जिल्ला न्यायाधीश राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मी लगायतकले शुभकामना मन्तव्य ब्यक्त दिएका थिय ।

Published date : 2018-10-10

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com