Flash

असोज २४, २०७५|

राजविराज– मूलुकभरी बलात्कार तथा महिला हिंसाका घटना बढ्दै गएपछि सप्तरीमा बलात्कार र यौनजन्य अपराधविरुद्ध ‘जवाफदेहिता अभियान’ सुरू भएको छ।

राजविराजमा विभिन्न पेसा र क्षेत्रमा आवद्ध व्यक्तिहरुले महिला हिंसा, दुर्व्यवहार, विभेदकारी कार्यविरुद्ध एक भएर लाग्ने प्रतिबद्धता जनाउँदै अभियानको आरम्भ गरिएको हाे।अायाेजक लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालका अध्यक्ष तथा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सप्तरी जिल्लामा ९ महिनाको अवधिमा २ वर्षीया बालिका र ७० वर्षीया बृद्धासहित ४० जना बलात्कृत भएको बताए। उनले तथ्यांकले नै सबैलाई गिज्याएको भन्दै जिम्मेवारी पन्छाउने भन्दा पनि सबैले जवाफदेहिता लिनुपर्नेमा जोड दिए।

परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरुद्ध हुने विभेद र हिंसाको अन्त्य नहुने भन्दै मानव अधिकार संस्कृतिको विकासमा जोड दिन सहभागीहरुले सुझाएका थिए।

राजनीतिक दल, नागरिक समाज तथा युवा पुस्तामा मानव अधिकार र नैतिकताको बारेमा सचेतना, प्रतिबद्धता र इच्छाशक्ति नभएसम्म महिला हिंसाविरुद्धका घट्नामा कमी नआउने उनीहरुको भनाइ छ।

अभियानको उद्घाटन पूर्व बलात्कार र यौनजन्य अपराधविरुद्धका नारासहित प्रदर्शन गरिएको थियो।

Published date : 2018-10-10

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com