Flash

बुधबार, अशोज २४, २०७५

काठमाडौं । ट्वान्टी २० विश्वकप क्रिकेटको एसियाली सब रिजनल छनोटमा नेपालले पाँचौ जित हात पारेको छ । मलेसियामा जारी खेलमा कमजोर प्रतिद्वन्दी चीनलाई १० विकेटले हराउदै नेपालले पाँचौ जित हात पारेको हो ।

चीनले दिएको २७ रनको चुनौती नेपालले ११ बलमा बिना क्षती भेट्टायो । बिनोद भण्डारी २४ र प्रदिप ऐरी ४ रनमा अबिजित रहे । मात्र ८ बलको सामना गरेका ऐरीले १ छक्का र ३ चौका प्रहार गरे ।

नेपालबिरुद्ध चीनका ३ ब्याट्सम्यानले मात्र रन जोडेका थिए । नेपाल भने शत प्रतिशत नतिजा निकाल्दै यसअघि नै एसियाली छनोटमा प्रवेश गरिसकेको छ । एसियाली छनोटमा युएई, कुबेत, कतार, नेपाल र सिंगापुर सहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

Published date : 2018-10-10

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com