Flash

सुचना डेली २३असोज, २०७५

काठमाडौं । चार थान चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई मंगलबार बिहान नागढुङ्गाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कपिलवस्तुका सुराजन थापा, गोरखाका सलिम मिया, स्याङ्जा सोमराज श्रेष्ठ र अर्घाखाँचीका मानबहादुर नेपाली रहेका छन्। उनीहरूले चितुवाको छाला ओसारपसार तथा बिक्री वितरण गर्न झोलामा लुकाई छिपाई बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा जाँच गर्दा छालासहित पक्राउ परेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

पक्राउ परेका चारैजनालाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको बोगटीले बताए।

Published date : 2018-10-09

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com