Flash

सागर रिजाल
प्युठान,२३ असोज ।
नेपाल सरकारका उर्जा , जलश्रोत, सिंचाई मन्त्री वर्षमान पुनले प्युठानलाई ५ वर्ष भित्रमा उज्यालो प्युठान गराउने प्रतिवद्धता गनुर्एभएको छ । मंगलबार प्युठान नगरपालिकाले गरेकोविजयादशमी २०७५ सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा अन्र्तक्रिया कार्यक्रम मन्त्री पुनले प्युठानका विभिन्न क्षेत्रमा अझैपनि विद्युत नपुगेकोले आफ्नो कार्यकाल भित्रमा विद्युत विस्तार गर्ने बताउनुभएको छ । प्युठानबाट विद्युत नपुगेको ठाउँमा विद्युत पु¥याउन र उज्यालो प्युठान बनाउनको लागि स्वर्गद्धारी नगरपालिका, प्युठान नगरपालिका, नौवहिनी गाउँपालिका, गौमुखी गाउँपालिकाका केहि क्षेत्रमा विद्युत अझै विस्तार नभएकोले यसलाई उर्जा शाखाले महत्वपूर्ण स्थानमा राखेर हेरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘केन्द्र सरकारकै प्राथमिकता उर्जा क्षेत्रमा छ । ’

प्युठानको छिमेकी जिल्ला रोल्पाबाट प्रतिनिधि सभामा उम्मेदवार भई विजयहासिल गर्नुभएका उहाँ हाँल नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री रहनुभएको छ । यस क्षेत्रले प्युठानको झिमरुक, माडी,लुग्री, करिडोर तटबन्धको प्रक्रिया अगाडी वढाउन अध्ययन सुरु गरिएको उहाँले बताउनुभयो । १० किमिभन्दा साना तटबन्धका काम प्रदेश सरकारले गर्छ,उहाँले भन्नुभयो,‘ठुला तटबन्धमात्र केन्द्रले हेर्ने हो । ’ केन्द्र सरकारले स्थानिय तह बनेसंगै शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्न स्थानिय तहलाई दिएको उहाँले बताउनुभयो ।
शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री पुनले केन्द्र सरकारले एकिकृत उर्जा तथा सिंचाई कार्यक्रम अन्र्तगत विद्युत महशुल तिर्न नसक्ने लाई सोलार पावर निशुल्क रुपमा दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपालका सबै जन्तालाई विद्युतको पहँुचमा पु¥याउन यो कार्यक्रम लिईएको हो । ’
नौमुरे जलविद्युत आयोजना केन्द्र सरकारको प्राथमिकता रहेको मन्त्री पुनले बताउनुभयो । नौमुरे विद्युत र सिंचाईको रुपमा अगाडी वढेको छ । उहाँले भन्नुभयो,‘यसलाई प्राथमिकता दिई अगाडी वढेका छौ । ’ यसलाई अगाडी वढाउनका लागि पानीको अध्ययन भईरहेको समेत उहाँले बताउनुभयो ।

नगरपालिकाले मागपत्र पेश
प्युठान नगरपालिकाले सरकारका उर्जा , जलश्रोत, सिंचाई मन्त्री वर्षमान पुनलाई मागपत्र पेश गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका लाईफलाईनको रुपमा रहेको भिमु्रक फाँटको नदीकटानलाई संरक्षण गर्न १५ किलोमिटर झिमु्रक नदी दाँया,बाया क्षेत्रमा नदी नियन्त्रण मेघा प्रोजेक्ट कार्यक्रम स्वीकृत गरिदिन, झिमु्रक फाँटमा अतिउत्पादनशिल जमिनमा सिंचाई सुविधा पु¥याउन राप्ती, गोर्वे, क्वाडी, खैराकोट नहर लाई बजेट छुट्टाईदिन, बजार क्षेत्रमा विद्युतीकरणको उचित व्यवस्थापन गरिदिन, नगर क्षेत्रको दुर्गम क्षेत्र जुम्रीकाडा,, माझकोट लगाएतका क्षेत्रमा विद्युत विस्तार गर्न, वडा नंम्बर ८ दम्तीमा विद्युत स्टेशन निमार्ण गरि सुचारु गर्ने, लुङ खोला, संगम स्थल दम्तीमा सम्भाव्यता रहेको जलासययुक्त हाईड्रोपावरको डिपिआर तयार गरि परियोजना स्वीकृत गरिदिने जस्ता ६ वटा मागपत्र प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले मन्त्री पुनलाई मागपत्र पेश गर्नुभएको हो ।

Published date : 2018-10-09

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com