Flash

राघबेन्द्र चौबे (पकडी)

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्वर ६ टिटिहिरियाबाट ११ किलो चाँदीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिकाको वडा नं.४ फर्साटिकरको ४५ वर्षीय मुकेशचन्द्र गुप्ता र भारतीय नागरिक ३९ वर्षको अकतर मुसलमान पक्राउ परेको छन् । लु १८ प ५३२६ नम्बरको मोटरसाइकलमा सवार ११ किलो ८६० ग्राम बराबरको विभिन्न गहना बनाइएको चाँदी बरामद गरिएको हो ।
तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत टिटिहिरियामा उनीहरुलाई जाँच गर्दा करिब सात लाख ९३ हजार ९०० सय बराबरको चाँदी फेला पारेको प्रहरी नायब उपरीक्षक(प्रवक्त) रबि रावलले बताए । उनीहरुको साथबाट नगद एक लाख २० हजार २६० रुपैयाँ समेत बरामद गरिएको प्रहरी प्रवक्त रावलले बताउनु भयो ।

Published date : 2018-10-09

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com