Flash

मङ्लबार, अशोज २३, २०७५
काठमाडौं । बिहारको नोएडास्थित एक मुस्लिम बस्तीमा १८ वर्षीया किशोरीलाई फरक धर्मका पुरुषसँग प्रेम सम्बन्ध गाँसेको भन्दै आफ्नै परिवार सहित स्थानीयले रुखमा बाँधेर ५ घण्टासम्म यातना दिएका छन् ।

भारतको उत्तरपूर्वी क्षेत्रकी ती मुस्लिम किशोरीको नाम भने खुलाइएको छैन । स्थानीय संचारमाध्यमले उल्लेख गरे अनुसार एक हिन्दु पुरुष रुपेश कुमारसँग उनको प्रेम सम्बन्ध रहँदै आएको थियो ।

यस्तो घटना स्थानीयले मोबाइल फोनमा भिडियो खिचेर सार्वजनिक गरिदिएका हुन् । घटनाबारे प्रहरीलाई रिपोर्ट भए पनि कसैलाई पक्राउ गरेको छैन । भिडियोमा ती किशोरीलाई रुखमा बाँधेर परिवार र छिमेकीले निर्घात कुटपिट गरिरहेका छन् । किशोरीले परिवारको इच्छा विपरित हिन्दु समुदायको पुरुषसँग प्रेम गाँसेको उनीहरुले बताउँदै आएका छन् ।

Published date : 2018-10-09

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com