Flash

काठमाण्डौ । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ। आजै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत सो दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।
’समग्रमा भन्नुपर्दा यहाँको ’समृद्ध नेपाल, सुखी नेपाली’ को नारा नारामा मात्रै सिमित रहन पुगेको छ’, प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको पत्रमा उल्लेख छ।
संविधान संशोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाएकाले सरकारलाई समर्थन गरेको तर त्यसका लागि कुनै पहल नगरेको, बहुमतको सरकार भए पनि सबै क्षेत्रमा असफल भएको, राजपाका सांसद रेशम चौधरीलाई सपथ ग्रहण नगराएको, कालोबजारीलाई नियन्त्रण गर्न नसकेको, बलात्कारीलाई समात्न नसकेको, प्रदेश सरकारलाई सामर्थ्यवान बनाउन अपेक्षाकृत सहयोग नगरेकोको आरोप राजपाको छ।

’यदि दुई तिहाइ बहुमतको सरकारले सांसद रेशम चौधरीको सपथ, आन्दोलनकारी माथिको झुठा मुद्दा फिर्ता बन्दीहरुको रिहाइ गरी पार्टीले उठाउँदै आएका राजनीति र जनताको जनजीवनसँग जोडिएका मुद्दाहरुका साथै संविधान संशोधनको कुरालाई गम्भीरतापूर्वक लिँदैन र तत्काल संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउँदैन भने राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनेछ’, प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रमा भनिएको छ, ’र, एक पटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य हुनेछ, जसले सम्पूर्ण जिम्मेवारी यहाँ नेतृत्वको सरकारको नै हुनेछ।’

Published date : 2018-10-08

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com