Flash

सागर रिजाल
प्युठान,२२ असोज ।
जिल्लाको ऐरावती गाउँपालिकाले माछाको संरक्षण गर्दै आएको छ । गाउँपालिकाले माछा संरक्षणको लागि बिनासकारी ढङ्गबाट माछा मार्ने कार्यलाई रोक लगाएको हो । गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेपछि वम, बिषादि र करेन्ट लगाएर माछा मार्ने कार्य रोकिन गएको ऐरावती गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले बताउनुभयो । गाउँपालिकाको वडा नंम्बर १ र २ क्षेत्रभित्र माछाको संरक्षणका पानी परियोजनामार्फत सहयोग भएको शाहले जानकारी गराउनुभयो ।सोमबार नेपाल वातावरण पत्रकार समुहको आयोजनामा जलाधार क्षेत्र संरक्षण गर्न नदिमा पाइने माछाको संरक्षणमा ध्यान दिनुपर्ने उदेश्य राखेर छलफल गरिएको छ । समुदाय स्तरमा गठन भएका आमा समुहले माछा संरक्षण अभियान थालेका छन् । जसले गर्दा झिमरुक जलाधार क्षेत्रमा माछाको संख्या बढेको छ । बम, बीस र करेन्ट लगाएर माछा मार्ने कार्यलाइ रोक लगाइएको छ । गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताउनुभयो । पानी परियोजना मार्फत विभिन्न लक्ष्य समेटेर माछा संरक्षण गर्ने अभियान अगाडी वढेको उहाँले जानकारी दिनुभयो । मध्य राप्ती जलाधार झिमरुक जलाधार लगायत जलाधार क्षेत्रमा कार्यक्रम लागू भएको छ ।

ऐरावति गाउँपालिका वडा नम्बर २ निवासी देविबहादुर गुरुङ माछा मारेर जिवीका चलाउँदै आएका थिए । उनको गाउँमा रहेको झिमरुक नदीमा करेन्ट, विषादी र बम हानेर माछा मार्न बाहिरबाट मानिसहरु आउने गरे । यसले संकट चुलियो । माझी समुदायको पेशा नै संकटमा पर्यो । पानी अस्वस्थ भयो । माछा र जलीय जैविक विविधतामा असर पर्यो । यहि अवस्थालाई बुझेर गाउँपालिकाले करेन्ट लगाएर, विषादी हालेर वा बम हानेर माछा मार्न रोक लगाएपछि आफूहरुलाई केही राहत मिलेको स्थानीय माझी समुदायले बताएका छन् ।
गाउँपालिकाले माछा संरक्षणका लागि २ वटा माझीसमुह गठन गरेको छ । मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र मार्फत चलेका पानी परियोजना मार्फत ऐरावती गाउँपालिकामा माझी समुह गठन गरेको केन्द्रका प्रवेश कक्षपतिले बताउनुभयो । उहाँले भन्नुभयो,‘ जुडा माझी समुह र रकसा माझी समुह गठन गरि माछाको संरक्षण भएको छ । ’ संस्थाले ५ महिना देखि संरक्षण गर्दै आएको छ । गाउँपालिकामा माछा संरक्षण, माछामा आश्रित समुदायको संरक्षण गर्न पानी परियोजना अगाडी वढेको जलाधार क्षेत्रका विशेषज्ञ भास्कर चौधरीले बताउनुभयो ।

माछा संरक्षणमा महिला समुह अग्रसर
माछा संरक्षणका लागि महिला संरक्षण अगाडी देखिएको छ । गाउँपालिका क्षेत्रभित्र रहेको वडा नंम्बर १ र २ वडा भित्र पर्ने झिमरुक जलाधार क्षेत्रमा माछा संरक्षण गर्न विजयलक्ष्मी आमा स्वास्थ्य समुह अगाडी वढेको छ । पहिले बम, युपिएस हानेर माछा मारिन्थ्यो स्थानिय सिमा घर्तिले भन्नुभयो,‘बोम, युपिएस हानेर माछा मार्न रोक लगाएका छौ । ’ जिल्ला संगै छिमेकी जिल्ला अर्घाखाँचीबाट माछा मार्न आउथे , अहिले समुहले माछा मार्न दिएका छैनौ उहाँले बताउनुभयो । दैनिक रुपमा जालले माछा मार्ने माझीलाई यस परिययोजना, गाउँपालिका, आमासमुहले सहयोग गरेको उहाँले बताउनुभयो ।

Published date : 2018-10-08

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com