Flash

सुचना डेली,प्यूठान
मोटरबाटो रोकेर सबस्टेशन निर्माण गरिए पछि स्थानीय दुखी बनेका छन। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अर्घाखाँचीले चलिरहेको सडक अबरुद्ध हुने गरि सबस्टेशन बनाएपछि स्थानीय दुखी बनेका हुन्। प्युठानको झिमरुक गाउँपालिका–१ का अध्यक्ष धुर्वराज खनालले सडक अबरुद्ध हुनेगरि सबस्टेशन निर्माण गर्न पर्खाल उठाइएको बताए’,
‘भइसकेको विकास रोकेर स्टेशन बनाउनु राम्रो भएन्।’उनले भने। ‘सबस्टेशन बनाउनु हुँदैन् भन्ने होइन’, ‘सिंगो गाउँलाई असरपर्ने गरी बाटो रोकिएको छ।’खनालले भने,
गाडी सञ्चालन गर्न बाटोको निकास दिइए पनि स्टेशन निर्माण गर्न सकिने सम्भावना हुँदाहुँदै पर्खाल उठाइसकिएको उनले बताए। सम्बन्धित निकायले सबस्टेशनको अन्य संरचना निर्माण नहुँदै यस विषयमा निकास खोज्न उनले आग्रह गरे। विकास निर्माणमा सबै जिल्लाका स्थानीयसँग समन्वय गर्नसमेत उनले सम्वन्धित निकायलाई सुझाव दिए।
छोटो दुरीमै अर्घाखाँची पुग्न तीनवर्ष अघि तालेघर–भुजेलवास मेलपानी अर्घाखाँची सडक निर्माण गरिएको थियो। सडक निर्माणले झिमरुक गाउँपालिका–१ स्थित फुर्सेधारा, गहतेरा, तिरजले, तालेघर, भुजेलवास र डाँडाघरलगायतका झण्डै डेढसय घरधुरीलाई छिमेकी जिल्ला अर्घाखाँची पुग्न सहज भएको थियो। सौतामारे छेडाहुँदै घुमेर पुग्नुपर्ने बाध्यता टरेको थियो। बाटो अवरुद्ध भएपछि स्थानीय निराश बनेका छन्।
प्राधिकरणले प्यूठान, अर्घाखाँची र गुल्मीको सिमाक्षेत्र मालारानी गाउँपालिका–६ मेलपानीमा स्टेशन निर्माण गरेको छ। सबस्टेशन निर्माण परियोजना प्रमुख इञ्जिनियर प्रकाश राउतले सडक निर्माण नहुँदै स्टेशनका लागि जग्गा खरिद गरिएको बताए। जग्गा पहिलै खरिद भैसकेको थियो खनालले भने ‘प्राधिकरणले जग्गा लिएपछि स्थानीयले मोटरबाटो खनेका हुन्’, उनले भने, ‘यसमा हाम्रो केही दोष छैन्।’ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अर्घाखाँचीका प्रमुख बिरमान राजकोटीले यस विषयमा सबै जानकारी परियोजना प्रमुख राउतलाई भएको प्रतिक्रिया दिए। तीन जिल्लालाई लक्षित गरी ३३/११ केभीको सबस्टेशन निर्माण गर्न थालिएको कार्यालयले जनाएको छ।

Published date : 2018-10-03

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com