Flash

७ असोज,२०७५

काठमाडौं । राष्ट्रकवि माधव घिमिरे आजबाट १०० वर्षमा प्रवेश गर्नु भएको छ । १००औँ जन्मदिनको अवसरमा घिमिरे काठमाडौं लैनचौरस्थित निवासमै विशेष पूजामा सहभागी भएका छन्। ‘१००औँ जन्मदिन मनाइरहँदा कस्तो अनुभव भइरहेको छ’ भन्ने प्रश्नमा उनले भने, ‘म सय वर्ष बाँचेकै जनताको आशीर्वाद र मायाले हो।

सबैको मायाले झन् जवान भएको अनुभूति भइरहेको छ।’ जीवनका आरोह अवरोहमा धर्मपत्नी महालक्ष्मीले बिनास्वार्थ स्याहार सुसारमा जिन्दगी अर्पण गरेकीले आफू यो अवस्थामा आइपुगेको उनले बताए। राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महालक्ष्मी भोलि ८४ लाग्दैछिन्। ‘आफ्नी जीवनसंगिनीको ८४ को पूजा खाने भाग्यमानी श्रीमान् हुन पाउँदा खुशी लागेको छ’, उनले भने, ‘आफू सय वर्ष पुगेकोभन्दा श्रीमती ८४ पुगेको कुराले बढी हर्षित छु।’ ’अब भने बुढ्यौली लागेको अनुभूति भइरहेको छ’, घिमिरेकी पत्नी महाकालीले भनिन्।

Published date : 2018-09-23

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com