Flash

दाङ, असोज ३ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबैलाई शुभकामना दिनुभएको छ ।

शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोख्रेलले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ‘आजको ऐतिहासिक दिनको अवसरमा म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘ आन्दोलनका क्रममा घाइते र बेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।’

नेपाली जनताको लामो संघर्ष र बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीहरुले शासन व्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको भन्दै मुख्यमन्त्रीको सन्देशमा नयाँ संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत रुपमा संस्थागत गरेको बताइएको छ ।

संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरी सबै तह तप्का, वर्ग र क्षेत्रका नागरिकको हक अधिकार प्रत्याभूत गरेको भन्दै सन्देशमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्नु आवश्यक रहेको बताइएको छ ।

‘संविधानवादतर्फको यात्रा यतिबेला हामी सबैका लागि साझा संकल्पको विषय बन्न आवश्यक छ । यस वर्षदेखि संघीय सरकारको आह्वानमा हामीले हाम्रो प्रदेशमा संविधान दिवसलाई उत्सवका रुपमा मनाउन लागि रहेका छाै‌ । यसबाट राजनीतिक स्थायित्व र सुशासनको आधारशीला खडा हुने हाम्रो विश्वास रहेको छ’, मुख्यमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिबेला हामी संघिय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा प्रवेश गरेका छाै‌ । संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएपछि नागरिकहरु विकास र समृद्धिको व्यग्र प्रतीक्षामा छन् । तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत संरकारको नेतृत्व सम्हालेदेखि संघीयताको राजनीतिक आधारशीला आधारभूत रुपमा खडा भएको छ । तर कानुनी, प्रशासनिक र संरचनागत हिसावले संघीयतालाई व्यवहारमा कार्यान्वयन अझै बाँकी छ ।’

नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको भन्दै शुभकामना सन्देशमा भनिएको छ, ‘संविधान दिवसले हामी सबैलाई त्यस दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास हामीले लिएका छौं । हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य वोकेर अघि बढ्न लागि रहेका छाै‌ । संविधानले दिशानिर्देश गरेको बाटोबाट न्यायपूर्ण, समतामुलक र समृद्ध समाज निर्माण गर्ने कुरा तीनै तहका सरकारहरुको साझा लक्ष्य हो । संघीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको बाटोबाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदान गर्न चाहन्छाै‌ ।’

‘संविधान दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रको साझा अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी र आम नागरिकमा हार्दिक अपिल गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ, ‘राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा सम्भव छ । राजनीतिक स्थायित्व र सुशासन विना विकास र समृद्धिको कल्पना गर्न सकिदैन । अधिकारमुखी राजनीतिको दुश्चक्रबाट बाहिर नआई विकास र समृद्धिको जनआकांक्षालाई सम्वोधन गर्न सकिदैन । राज्य बलियो नभई जनअधिकारले सुसज्जित संविधानले प्रत्याभूत गरेका मौलिक हकहरुको संरक्षण हुन सक्दैन । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता र अखण्डता कायम गर्न, आपसी सद्भाव बढाउन, दीगो शान्ति, सुशासन तथा समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’

Published date : 2018-09-19

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com