Flash

– श्याम गहतराज
नेपाल विश्वमा कला, संस्कृति र पर्वको धनी देशका रूपमा चिनिन्छ। विविध जातजाति, भाषाभाषी, पर्व र संस्कृति नेपालको पहिचान हो।नेपालीले मनाउने धेरै पर्व छन्। नेपालको संस्कृतिमा धार्मिक सहिष्णुता र सांस्कतिक सद्भावले भरिएको नेपाली समाजमा जुन धर्म वा जातिको पर्व भए पनि सबैले आस्थासहित मनाउने चलन छ। यही सहिष्णु र सद्भावपूर्ण व्यवहार नै नेपाली संस्कृतिको विशेषता हो। सबै जाति र धर्मका विशेषगरी नेपाली महिलाले मनाउने यस्तै पर्व हो तीज।

तीज हिन्दू नारीहरुकेा महान पर्व हो।एक आपसका सुखदुःख अनि पीरमर्का सुन्ने र सुनाउने पर्व पनि हो तीज । हर्ष उल्लासस“गै छोरीचेली र माइतीबीचको अटुट बन्धनको सूत्रधार हो तीज ।

पहिला हाम्रा जिजुबा आमाहरूले पुण्य कमाउने नाममा सात वर्षदेखि १२ वर्षका कलिला नानीको कन्यादान गरिसक्थे । श्रीमान्को घरका सबैलाई मर्यादाक्रम अनुसार मानमनितो पु¥याउनुपथ्र्यो सानै भए पनि बुहारीले । परम्परा र संस्कारका नाममा बालबुहारीले रातदिन घोटिनुपथ्र्यो । घरभित्र घरबाहिर गर्नुपर्ने हरेक किसिमका चुनौतीको सामना गर्नुपर्ने । चुलोचौका गर्दा श्रीमान्, सासुससुरा, नन्दआमाजु, देवरजेठाजु लगायत आएका पाउनापासालाई चित्त बुझाइसकेपछि उब्रेकोे सर्दाममा सानी दुलहीले चित्त बुझाउनुपर्ने । हाम्रो नेपाली समाजमा चलेका यी वास्तविक र कारुणिक कथाव्यथा अद्यापि कायमै छन् गाउँघरमा । सहर बजारमा हुर्केका नयाँ पुस्ताकाले पनि आफ्ना अग्रज आमा हजुरआमाबाट यस्ता कथा सुन्दै आएको हुनुपर्छ । वास्तवमा तीज पर्व यही यथार्थस“ग जोडिएको छ ।
तीज विशेषगरी बिहे गरी कर्म घर गएका छोरी र चेलीबेटी भेट भएर माइती घरमा मीठामीठा परिकार खाने खुवाउने र नाचगानका साथ रमाइलो गर्ने पर्व हो। वर्ष दिनभरिका दुःख बिर्सेर माइतीमा निर्धक्क भएर गीत गाएर मनको बेदना पोख्ने र उत्सव मनाउने चलन तीजको मुख्य विशेषता हो। तीजका गितमा देवीदेवताका प्रार्थना, सुखदुःखका अनुभूति, आग्रह र अनुरोध, प्रेम, समय र परिस्थिको यथार्थ तथा अन्य सहज अभिव्यक्ति प्रकट भएका हुन्छन्। घरघरमा, टोलटोलम, छरछिमेकमा आमा, दिदीबहिनी, चेलीबेटी जम्मा भएर मनाइने यो पर्वको उनीहरूका निम्ति भने आफ्नै महत्व छ। त्यसैले त गाउछन् नि नारीहरू – तिजको रहर आयो बरिलै।।

किन मनाईन्छ तिज?

हरितालिका तिज कहिले बाट सुरु भयो भन्ने एकिन तथ्य थाहा नभएपनि जब मानिस आदिम युग बाट सभ्य युगमा प्रवेश गर्यो तब बाट मनाउन थालियो । हरितालिका तिज भाद्र शुक्ल तृतियाको दिन मनाइन्छ ,पौरणिक हिन्दु ग्रन्थ अनुसार हिमालयले आफ्नो छोरी पार्वतीको विवाह भगवान विष्णु सँग गरिदिने बाचा गर्छन तर पार्वतीलाई भगवान विष्णु पटक्कै मनपरेको हुदैन । उनलाई भगवान शिवजी मन परेको हुन्छ आफुले मन पराएको वर पाउन जंगलमा गएर तपस्या गर्न थालीन । तपस्या गरेको एकसय वर्ष पुरा पुग्दा पनि उनले वर (शिवजी ) पाउन सकिनन उनि एकदमै चिन्तित भइन किनकी उनले मन पराएको वर पाएकी हुदैनिन एकदिन उनले शिवजीको लिङ्ग स्थापना गरी निराहर व्रत बस्न थालिन । उक्त अवधीमा घोर तपस्या गरी पानी नपिई केबल हावाको मात्र सेबन गरीन । माघको चिसोमा निरन्तर जलमा प्रवेश गरी तप गरीन । बैशाखको शरिर जलाउने गर्मिमा पञ्चग्निधारा शरिर तताईन साउनको मुसलधारी झरिमा पनि खुल्ला आकाशमुनि बिना अन्नपनि ब्यतित गरीन । यसरी कठोर व्रतबाट प्रसन्न भईशिवजी प्रकट हुनुभयो र
पार्वतीलाई अर्धाङनितिका रुपमा स्वीकार गर्नुभयो रविवाह भयो । त्यसदिन भाद्र शुक्ल तृतियाका दिन परेकाले त्यस समयबाट नै हरितालिका तिज मनाउन थालिएको हो ।भन्ने पौरणीक कथन रहेको पाईन्छ । नेपाली हिन्दु नारीहरले आफुले मनले चिताएको वर पाउन र श्रीमानको सुस्वास्थ्य र दिर्घायु लामो ुहोस भनी निष्ठापुर्वक व्रत बस्ने गर्दछन ।तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । तिजमा आफना छोरी चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मिठा मिठा परीकार खुवाउने मनका भावना ,सुख दुख साटासाट गर्न सँगै बसि मनाउने चलन छ । यस अवशरमा विशेष महत्वका साथ खाने चलन छ । यही दरखाने दिनबाट नै तिज प्रारम्भ भएको मानिन्छ । दरमा ठाउ अनुसार विभिन्न मिठामिठा परिकार साथै खीर, ढकनि,सेलरोटी,केरा ,फलफुल तथा हरियो तरकारी फलफुल खाने गरिन्छ । दर खास गरी मध्यरातको १२ बजे सम्म खाने चलन छ । भोलीपल्ट दिनभरी खाली पेट बस्नु पर्ने भएकाले पनि टन्न खाने गरिन्छ । तिजको महत्वलाई जुनरुपले व्याख्या गरीएता पनि पौराणिक कालदेखि चल्दै आएको परम्परा हो । सृष्टी र समाज चल्नको लागी विवाह पछि आफ्नो श्रीमानको घरमा बसि बाकी जिबन बिताउनु पर्ने हुन्छ । हिन्दु नारीको जिबनको सार्थकता नै केमा रहेको छ । जसलाई मनै देखी पतिको रुपमा एकपटक वरण गरिन्छ । उनैसँग निष्ठापुर्वक जिबन निर्बाह गरिनुपर्दछ । यसरी महिलाहरुको पराईघरको तनाब कम गर्न र
माईतीको सम्बन्धमा खाडल कम गर्न यो पर्वको ठुलो महत्व रहेको छ । हरितालिका समयमा हिन्दुनारीहरुले आफ्नो भावना गितको माध्यमबाट प्रस्तुत गर्ने गर्दछन ।

भड्किलो बन्दै
तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि फैलिइसकेको छ । तर हिजोआज तीज गीतमा मौलिक्ता हराउदै गएको छ।बिस्तारै संस्कृति र सांस्कृति मान्यता बदलिन थालेको छ।

संस्कृतिको जगेर्नाको दृष्टिकोणभन्दा तडकभडक देखाउने र अनुकरण गर्ने चाड बन्न पुगेको छ।आफ्नो गच्छे अनुसार सबैले यसलाई मनाउन पाउने र मनाउन सक्ने हुनुपर्छ । हुनेखानेले महिनौंअघिदेिख तीजको तुजुक देखाउने र समाजले त्यसलाई समर्थन गर्ने परम्पराले सामाजिक अपराध र विचलन फैलाउन सघाउ पु¥याउन सक्छ ।

साथै हाम्रो मौलिक परम्परा र यो चाडको धार्मिक–सांस्कृतिक महŒव नै धरापमा पार्ने काम पछिल्लो गतिविधिले गर्ने खतरा बढेको छ ।यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ । यद्यपि यसको महत्वमा कुनै कमी देखिँदैन । हिजोआज सहरी क्षेत्रको तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको र यसको मौलिकता हराउन थालेको गुनासो पनि हुन थालेको छ ।
दर खाने नाममा हामीलाई जुम्लाको कालो मार्सिकोचामल मन पर्दैन हरियाणको बासमती
चामल , बिदेशी महगां ह्विस्की स्याम्पियन वाईन बिना दर खल्लो लाग्न थाल्यो,आफुलाई बाहिर क्षणीक देखावटी गर्नका खपटे नारीहरुमा महङ्गगा गरगहना लगाउने र प्रर्दशनी गर्न उत्सब जस्तो देखिन थालेको छ । जसले गर्दा तिज महङ्गगो भड्किलो साबित हुदै गएको छ ।यसले नेपाली समाजमा नराम्रो सस्कृती मौलाएको भान सजिलै हुन्छ । जनताबाट
उठेका करबाट ब्यापकमात्रमा स्थानीय निकायमा दरखाने चलन सस्कृती बढेको छ । आजकाल जतिजती महिला र पूरुषको बराबर सहभागी भएको पाईन्छ त्यती नै महिला हिंसापनि बढेका छ्न ।हिन्दु ग्रन्थ अनुसार पौराणिक महत्व बोकेको हरितालिका तिज आफ्नै गच्छे अनुसार मनाउन पर्दछ, तिजका गितमा महिला शसक्तिकरण गितबाट महिलालाई माथी उठाउनु पर्दछ । हाम्रो संस्कृति रहेसम्म नेपालीको अस्तित्व कायम रहन्छ। मौलिक संस्कारलाई मूल्य ,मान्यता र श्रद्धाअनुरूप निरन्तरता दिएमात्र संस्कृतिको जगेर्ना हुन्छ । किनभने त्यही परम्परागत, अलौकिक संस्कृति नै हाम्रो पहिचान हो। संस्कृति र मान्यतामा ह्रास आउन नदिन हामी आफ्ना क्रियाकलापमा सचेत हुनैपर्छ। आफ्नो मौलिकता नगुमाई भावनात्मक रूपमा तीज पर्व मनाऊँ।अन्त्यमा हामी सुसस्कृत र सभ्य तरिकालेतिज मनाउने प्रयास गरौं

सबैमा तिजको शुभकामना !

लेखक:श्याम गहतराज
प्युठान नगरपालिका -४

प्रकाशीत: २६ भदौ २०७५

Published date : 2018-09-11

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com