Flash

दिपक वली
घोराही २२ भदौ
घोराहीमा क्युसी अवार्ड २०१८अन्तर्गत घोराही युथ पोयट्री स्ल्याम कबिता प्रतियोगिता हुने भएको छ। जसको अडिसन राउन्ड यहि भाद्र २८ गते घोराहि उपमहानगर पालिकाको हलमा प्रतियोगिता हुने भएको छ । साहित्यिक क्षेत्रमा रुचि भएका बिद्यार्थिको मनोवल बढाउने उद्धेश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो ।

सतोरी सेन्टर फर दि आर्टस् किहोतेज कोभ र कबिता समुह वर्ड वारीयर्सको आयोजनामा यहि भदौ ३० गते घोराहीमा फाइनल प्रतियोगिता हुने बिषयमा आज घोराहीमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक युक्ता बज्राचार्य जानकारी गराउनु भएको थियो ।

प्रतियोगितामा १४ देखि १८ बर्षका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । साथै त्यस अवसरमा घोराही क्षेत्रमा मदन भन्डारी मेमोरीएल स्कुल ,पद्यमोदय माबि स्कुल ,बाल बकास ,अल्फा बोर्डिङ ,माबि सौडियार,माबि रझेना,गोरखा स्कुल ,दिपशिखा बमेर्डिङ माउन्ट भिउ स्कुल र सरस्वति माबि स्कुल घोराहि गरी १० विद्यालयको सहभागी रहने छ ।

घोराही क्षेत्रमा रहेका पाँच सामुदायीक बिद्यालय र पाँच निजी बिद्यालयहरु बिच प्रतिस्पर्धा हुने कार्यक्रमका मिडिया संयोजक सुरेन्द्र जोशिले जनाकारी गराउनु भएको थियो ।

घोराही उपमहानगरपालीकाको कार्यलयको हलमा ठिक १२ बजे देखि कार्यक्रम शुरु हुने जनाइएको छ। उक्त कार्यक्रममा बुक बस , वर्ड वारीयर्स , स्पोकन वर्ड भनेको केहो भन्ने बिषयमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाका कबि नबिन भुषाल ,निशा गिरी , मिडिया संयोजक सुरेन्द्र जोशि र पत्रकार नबिन अबिलाषि लगायतले कबिता बाचन गर्नुभएको थियो ।भने कार्यक्रमको संचालन संस्थाका मिडिया संयोजक सुरेन्द्र जोशिले गर्नुभएको थियो ।

Published date : 2018-09-07

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com