Flash

एजेन्सी।यदी तपाई कोदालो लिएर आफ्नो खेतमा जानुभयो र त्यहाँ खन्दा सिनका सिक्का भेट्नुभयो भने तपाई के गर्नुहुन्छ? एक पटक कल्पना गर्नुहोस् त ? सायद यसरी सुनको सिक्का पाउनु भयो भने तपाई खुसीले गद्गद् हुनुहुन्थ्यो होला।

यस्तै एक मामिला सार्वजनिक भएको छ। भारतको राजस्थानस्थित टोका जिल्लाको रामपुरा ब्लकमा रहेको जानकीपुरा गाउँको। गाउँका केही मानिसले एक ढुंगाको नजिकै खन्ने काम गरिरहेका थिए। अचानक उनीहरुले केही प्राचिन सुनका सिक्का भेटाए।

यी सिक्का मुगलको खजाना भएको दाबी गरिएको छ। यसको खबर पुरै गाउँमा फैलियो। त्यसपछि ग्रामिण भेगका मानिस कोदालो लिएर त्यहाँ सिक्का खोज्न थालेका छन्।

गाउँलेले सुनको सिक्का पाउने आसामा त्यहाँको आसपासको सबै जमिन खन्न सुरु गरिसकेका छन्। यसको जानकारी जिल्लाका कलेक्टरलाई पनि भएपछि उनले त्यहाँको पूरै जानकारी माग गरेका थिए।

रिर्पोटका अनुसार यहाँका कयौँ मानिसले रातमा पनि खन्ने काम गरिरहेको भेटिएको छ। गाउँलेले आफ्नो साथमा टर्च बालेर राति त्यहाँ खन्ने गरेका छन्। अहिलेसम् जिल्ला प्रशासन र स्थानीय प्रहरीले एक सिक्का पनि हात पार्न सकेको छैन्।

केही मानिसले यसलाई गाउँको प्रचारका लागि गरेको पब्लिसिटी भएको बताएका छन्। जबकी प्रशासनले यसको कुनै प्रमाण भेटाउन सकेको छैन्। यसको वास्तविकता के हो भन्ने बारेमा जिल्ला प्रशासन र प्रहरीले अनुसन्धान सुरु गरेको छ।

Published date : 2018-09-04

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com