Flash

भदौ १८, २०७५

नयाँ दिल्ली । यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ ।

उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो ।

दुर्घटनामा परेको सवारी साधनमा १५ यात्रु थिए । घाइते तीन जनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनीहरूलाई स्थानीयको सहयोगमा घटनास्थलबाट उद्धार गरिएको थियो ।

Published date : 2018-09-03

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com