Flash

जीवन डाँगी
उतिबेला राजनीतिक नेतृत्व देखि नागरिकले अालाेचना गर्ने तप्का थियाे – कर्मचारी । कर्मचारीले गरेका कामकाे टिप्पणी गर्दै दैनिक उफ्रने याे जमात अाजपनि सड्कमै छ । जनप्रतिनिधि नभए भ्रष्टाचार माैलायाे भन्नेहरु यतिबेला भ्रष्टाचारमै डुबेका छन् । अर्कालाई भ्रष्टाचारकाे अाराेप लगाउन कति सजिलो रहेछ, जनप्रतिनिधिले मजाले भाेगिरहेका छन् ।

जनप्रतिनिधि कति राजनीतिज्ञ छन् । उनीहरूकाे पहिलो प्राथमिकता राजनीति पक्कै थिएन – केही बाहेक । कतै न कतै पैसा कमाउन तल्लिन, ब्यक्ति उठाएर राजनीति पार्टीहरुले उम्मेदवार बनाए । चुनाबमा धेरै पैसा खर्च गर्न सक्ने, युवा परिचालन गर्ने, धाधली गर्न जानेका पार्टीहरुकाे राेजाइमा थिए । गाउँमै बसेर राजनीति गरेकाहरुलाई सबै पार्टीहरुले कमै टिकट दिएका थिए । उनीहरु अहिलेपनि गाउँकै सेवामा छन् तर जनप्रतिनिधि छैनन् ।

चुनाबपुर्ब गाउँमै बसेका जनप्रतिनिधि कमै छन् । प्रायः गाउँ छाडेर बाहिर बस्ने, बिदेशबाट अाएकाहरुकाे जमात देखिन्छ । निर्वाचनताका लाेकप्रियताका लागि चिप्ला-चिप्ला नारा बनाएकै कारणपनि तिब्र अालाेचित भएका छन् । उनीहरूले समाजकाे मापन नगरि, चुनाब जित्न कै लागि बनाएका नाराले अहिले अाफै चिप्लि रहेका छन् ।

चुनाब लड्दा धेरैले घर-खेत देखि गाडी, घाेडा, डाेजर सम्म बेच्नु पर्याे । चुनाव जित्नकै लागि लाखौं खर्चेका, उनीहरू अहिले रकम कुम्लाउन लागिपरेका खबर कतै न कतै सत्य हुन् । सिमित जनप्रतिनिधिहरुले मात्रै राम्रो काम गरेको सुन्न पाईन्छ । धेरैले निजि र अाछे-पाछेहरुकाे स्वार्थका लागि काम गर्दा पनि अालाेचित छन् । स्थानीय तहमा हुने, बिकास निमार्णका हरेक काममा जनप्रतिनिधिले अाफ्नै डाेजर प्रयोग गर्ने क्रंमले नागरिकबाट टिप्पणी हुनु स्वभाबिक मानिन्छ । उनीहरुले टेन्डर नबनाए, अाफु निकट ब्यक्ति समेटेर समिति बनाउदा पनि यत्राे समस्या पैदा भएको हाे ।

जनप्रतिनिधिहरुले जनताकाे बिस्वास जित्न सकेका छैनन् । मत जितेर मख्खै परेका उनीहरु, याे भन्दा अगाडि राजनीति यात्रा देख्दैन् । स्थानीय तहमा पुगेपछि जस्तो काम गरेपनि हुन्छ भन्ने मानसाय छ । गाउँकाे सिंहदरबारमा राज गर्ने समय ४ बर्ष मात्र छ भन्ने हेक्का पनि छैन् ।

• निजी बिचार !
lifedangi@gmail.com

Published date : 2018-08-04

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com