Flash

मंगलबारे, इलाम । इलामको पर्यटकीय क्षेत्र श्री अन्तुमा सञ्चालित ‘अन्तु कटेज’ मा आगलागी भएको छ ।

सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा आज बिहान करिब ५ बजे आगलागी भएको हो । आगलागीबाट कटेजको गोदाम कोठा र बार पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ ।

के कारणले आगलागी भएको भन्ने विषयमा अझै खुल्न सकेको छैन । सञ्चालक धरणी घिमिरेले भन्नुभयो, “विद्युत् चुहावट भएर पनि होइन, आगो बालिएको पनि छैन खै कसरी आगो लाग्यो रहस्यकै विषय बनेको छ ।”

आगलागीका विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका प्रमुख विमलकुमार निरौलाले जानकारी दिए।

आगलागीबाट करिब रु नौ लाख ५० हजार मूल्यबराबरको क्षति भएको सञ्चालक घिमिरेले बताए।

स्टोर रुमसहित बार भवनसमेत जल्दा त्यहाँ राखिएका खाद्यान्न, पेय पदार्थ, लत्ताकपडालगायत सामग्री जलेर क्षति भएको उहाँले बताउनुभयो ।

आगो स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगपछि त्यहाँ सञ्चालित लज भने जोगिएका छन् ।

अन्तु कटेज इलाकामा धरणी घिमिरे, कमल घिमिरे, राजन ताम्राकार, कुमार श्रेष्ठ र हेमसागर पौडेलले सञ्चालन गर्नुभएको हो ।

Published date : 2018-01-12

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com