Flash

काठमान्डौँ , फागुन १२
दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई एन आर एन ए इजराइलका सदस्य राजकुमार महतको पहलमा विभिन्नदातावाट संकलित नगद १लाख शनिवार काठमान्डौँको गोदावरीमा आयोजित बनभोज कार्यक्रम मार्फत एन आर एन ए आयरल्यान्डका पुर्व अध्यक्ष तथा बर्तमान पर्यटन दुत गणेश प्रसाईं ले जलजला परियार को बुवा लाइ हस्तान्तरण गर्नुभएको छ ।वहाँ को बुवा को अनुसार जलजला लाई उपचार को लागि चाडैं ईन्डिया लाने पहल पनि गरिएकोे छ । जलजलाका बुवाले आफनो छोरीको जिवन बचाउनको लागी विशेष पहल गर्नुभएका सहयोगी मन हरु प्रति भावुक हुदैँ हार्दिक आभार व्यक्त गर्नुभयो ।
‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको छ । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन्। यसअघि गायिका अन्जु पन्त, गायक स्वरूपराज आचार्य, गायिका मिलन अमात्य, जुना प्रसाई प्राश्ना शाक्यजस्ता गायकगायिकाले विभिन्न माध्यम बाट आर्थिक सहयोग गरेका थिए ।

Published date : 2018-02-25

About Us

याे समाचारमूलक डिजिटल पत्रिका हाे । यसमा प्रकाशित सामाग्री अनुमित विना कपि नगर्न नगराउनुहुन अनुराे छ । हामी जनमूखि पत्रकारीताका लागि निरन्तर जागा रहने छाैं ।

Our Team

सम्पादकः सलिम अन्सारी

कार्यकारी सम्पादकः अर्जुन विक

Social Media

https://www.facebook.com/Suchanadaily.com.np/

Contact Us

जिल्ला प्यूठान

इमेलः suchanadaily@gmail.com