समाचार

भारतमा गुल्मिकी एक चेलीको उद्धार,दिदी बेखबर बहिनी के.आई नेपालको संरक्षणमा

सागर थापा, दाङ

घर गुल्मीकाे रिडी, १७ बर्षकी किशोरी नाम परिवर्तन ( पुजा थापा) ले आमाको मृत्यु पश्चात जिबनमा कहाली लाग्दा दिनहरु झेल्न पर्यो। कारण उनकै कान्छि आमा थिइन ।घर जानुपर्छ भने पछि ‘आँसु’को धारा बगाउने ती अबोध किशोरी बारम्बार ‘मलाई घर न लैजानु मलाई फेरी बेच्न पञ्जाब पुर्याउछिन’ भन्ने शब्दले सहजै थाहा पाउन सकिन्छ ती किशोरीलाई चरम पिडा थियो भन्ने ।
किशोरीलाई गत माघ १३ गतेको दिन भारतको मुल प्रवाह अखिल भारत नेपाल एकता समाज नगर समिती चण्डीगढ अन्तर्गत मोहाली एरीयामा अलपत्र अवस्थामा उद्धार गरीएको थियो । उद्धार पश्चात पीडित चेलीलाई बिगत १० बर्ष देखि मानब बेचबिखन तथा लैंङ्गिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आई. नेपालले संरक्षणमा लिएको छ । संरक्षण पश्चात सोधपुछको क्रममा निज चेलीको केहि बर्ष अगाडी दुर्घटनामा परि आमा र दाजुको मृत्यु भएको र उनको बावाले दोस्रो बिवाह गरेको खुल्न आएको छ । बाबाको बिहे पश्चात उनको सौतेनी आमाले हेर्ने दृष्टी राम्रो थिएन, पिडित चेलीको भनाईलाई उद्धत गर्दै “मलाई पहिला पनि भारतको बिहार भन्ने ठाउँमा बेच्ने योजना र अहिले पञ्जाबमा बेच्ने योजना बनाएका थिए तर म भाग्न सफल भए मेरो १ दिदी केहि महिना अगाडी देखी सम्पर्कमा छैनन” किशोरीले रुदै बताइन । आवश्यक प्रकृया र परामर्श पश्चात अझै बास्तविक घटना केहो भन्ने कुरा इ.प्र.का रिडी र त्यहाँको स्थानीय निकायले समेत निगरानीमा राखेको छ । हाल निज किशोरीको बाबा आमा दुबै रिडीमा नरहेको बुझिएको छ ।
बास्तबिक घटना को बारेमा इप्रका रिडी संग निरन्तर समन्वय गरि प्रकृया अगाडी बढाउने इ.प्र.का कृष्णनगरका प्रमुख शुभास गैरेले जानकारी गराउनु भयाे । चेलीको न्याय र संक्षणका लागि के.आई नेपालले सहायता गर्ने र के.आई नेपालको सुरक्षित आवास गृह चितवनमा बिभिन्न सीप विकास तालिम प्रदान गरि आत्म निर्भर गराउने उदेश्यले लैजाने तयारी भएको के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिश्वकर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *